स्याङजामा प्याराग्लाइडिङ वल्र्ड कप सुरु, २१ राष्ट्रका १ सय २० पाइलट सहभागि

डीएनबी, पोखरा न्यूज – १५, कार्तिक ।

नेपालमै पहिलो पटक स्याङजामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ सुरु भएको छ ।

स्याङ्गजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा बिहिबारदेखि संचालन भएको प्रतियोगितामा २१ देशका १ सय २० जना प्याराग्लाइडिङ पाइलटहरुले सहभागिता जनाएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख समेत रहेकी सिता कुमारी सुन्दासले बताइन।

मित्र राष्ट्र भारत, चिन, एसियन सहित अमेरीका सम्मका गरी २१ देशका १ सय २० जना प्याराग्लाइडिङ पाइलटहरुले प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गराएका हुन। पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुने भएको छ । । प्रतियोगिताको औपचारिक प्रतिष्प्रर्धा भने शुक्रबार देखि हुने भएको हो । खेलाडीहरुले आज मध्य रात १२ बजेसम्म  नाम दर्ता दर्ता गराउन सक्नेछन ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले  बिहिबार  एक समारोहका बिचऔपचारिक उद्घाटन  गरे । कार्यक्रममा वोल्दै मन्त्री  विश्वकर्माले स्याङजाले प्रतियोगिता सँगै अन्तराष्ट्रिय स्तरमा थप चिनारी थपेको जनाउदै साहसिक  खेलकुदको माध्यमबाट स्याङ्जाले  आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने  बताए । उनले देशका स्थानिय निकायमा खेलकुदग्राम तथा रंगशाला निमार्ण गर्न जोड दिदै स्थानिय तहबाट अनिवार्य रुपमा ३० प्रतिशत लगानी गर्न आग्रह गर्दै  ७० प्रतिशत रकमको जोहो मन्त्रालयले गर्ने  आश्वासन दिलाए  ।

संघिय सांसद नारायण प्रसाद मरासिनी, गण्डकी प्रदेशका सांसद मोहन प्रसाद रेग्मी, नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा)का अध्यक्ष रुपनारायण श्रेष्ठ, भिरकोट नगरपालिकाका मेयर छायाराम खनाल लगायतले स्याङजामा प्याराग्लाईडिङ बल्र्ड कप  आयोजना हुनुले  यस क्षेत्रको विश्व माझ प्रचार प्रसार भएको बताए ।

मुल आयोजक समितिका संयोजक सुन्दासको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न झाकी सहितको नृत्य प्रर्दशन गरिएको थियो ।

प्रतियोगिताबाट स्याङजाका स्थानिय निकाय देखि स्थानीय विभिन्न  संघ सस्थाहरु  उत्साहित भएको  महोत्सव सचिवालयका प्रमुख अनन्त कुमार श्रेष्ठले बताए ।  कार्यक्रममा स्याङजा बजार, बयरघारी देखि विभिन्न ठाँउमा खेलाडीहरु सहितको टोलीलाई बाजागाजा सहित फुल मालाले स्वागत गरिएके थियो ।

नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाईडिङ्ग वल्र्ड कप भएको हो । जिल्ला समन्वय समिति स्याङजाको अगुवाईमा भिरकोट नगरपालिका सहितका स्थानिय निकाय एवं विभिन्न संघ संस्थाको सहयोगमा उक्त प्रसितयोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको लागि सुरक्षा देखि रेस्क्यू टिम हुदै एम्बुलेन्स, हेलिकोप्टर समेतको राम्रो प्रवन्ध गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा एक सय ५० जना सम्मका खेलाडीहरु सहभागि गराउन सकिने भएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न एफ.ए.आई. का प्रतिनिधिहरुको ३ सदस्य टोली समेत प्रतियोगिता स्थल आएको संघका महासचिव समेत रहेका संयोजक राउतले बताए । एफ.ए.आई. का प्रतिनिधिको रुपमा  इण्डोनेसियका उगा र मुनिर त्यसैगरी मलेसियाका नादिया स्याङजा आएका हुन।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटक सम्म ल्याण्डिङ गर्नुपर्नेछ।

प्रतियोगिताका बिजयी टिम तर्फ  प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने संयोजक शैलेन्द्रले बताए ।

१८ औं एशियाली खेलकुदमा नेपालले हालसालै प्याराग्लाइडिङको क्रस कन्ट्री तर्फ रजत पदक हात पार्न सफल भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button