दिपेन्द्र ऐरीको शानदार ब्याटिङ, धनगढीको जीत

पोखरा न्यूज १६, कार्तिक ।

दिपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ र कमल सिंह ऐरीले किफायती बलिङ गरेपछी धनगढीले पोखरालाई पराजित गर्दै प्ले अफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ ।

आज भएको दिनको पहिलो खेलमा धनगढी एक्सपर्टले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनायो । पोखराका लागि रोहित पौडेलले ३१(२१) रन बनाउँदा रवि इन्दर सिंहले २८(२६) र आरिफ सेखले २३(२३) रनको योगदान दिए । धनगढीका कमल सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चंदै ४ विकेट लिए ।

प्रतिउत्तरमा १४५ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा उत्रेको धनगढीले ओपनर दिलिप नाथलाई ४ रनमै गुमाएपनि सुवेन्दु पाण्डे र पिटर ट्रेगोबीच दोस्रो विकेटका लागि ५४ रनको साझेदारीसँगै टिम सहज जीततर्फ उन्मुख भएको थियो । तर पिटर ट्रेगो ५३(३४) रनको व्यक्तिगत स्कोरमा आउट भएसँगै धनगढीको ब्याटिङ क्रम ध्वस्त हुन पुग्यो । पोखराका रासिद खानले ४ विकेट लिएपछी धनगढीले २७ रनमा ५ विकेट गुमाउन पुग्यो । निकै रोचक भएको खेल त्यसपछी भने दिपेन्द्र सिंह ऐरीको जवाफी हमला कै वरिपरि घुम्न पुग्यो । अर्को छेउमा लगातार विकेट गुमे पनि धनगढीका कप्तान दिपेन्द्रले २६ बलमै ४९ रन बनाएपछि टिमले रोमाञ्चक जीत हासिल गर्यो । दिपेन्द्रले ४ चौका र चार छक्का प्रहार गरे । बलिंगतर्फ पोखराका ललित राजवंशी र विक्रम भुसालले २-२ विकेट लिए । खेलमा म्याच जिताउने पारीका लागि दिपेन्द्र नै म्यान अफ दि म्याच पनि भए ।

खेल पछि धनगढीको ५ खेलबाट ६ अङ्क भएको छ भने पोखराको ४ खेलबाट ४ अङ्क छ । अब दिनको दोस्रो खेलमा बुटवलले काठमाडौंको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button