बागलुङमा जिप दुर्घटना हुँदा ५ घाइते

पोखरा न्यूज – १६, कार्तिक ।

बागलुङमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जिल्लाको ताराखोला गाँउपालिका – ५  उत्तरपानीमा ग २ च ६१३४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार नाङगेबाट हटियातर्फ जाँदै गरेको जिप स्टेरीङ फेल भई सडक बाट अन्दाजी १५ मिटर तल खस्दा जिपमा सवार ६ जना मध्ये ५ जना घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

दुर्घटनामा परि ताराखोला गाँउपालिका- ५ का कोपिला घर्ति, धन कुमारी रोका, लिलामती वि.क. , यमुना रोका र धनमाया वि.क.  घाइते भएको पुरीले बताए । पुरीका अनुसार घाइतेहरुको  इमर्जेन्सि पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button