चोरमारामा कुटपिटबाट एक युवाको मृत्यु , ६ जना पक्राउ

पोखरा न्युज – १६, कार्तिक ।

नवलपुरको चोरमारामा  शुक्रबार कुटपिटबाट एक युवाको मृत्यु भएको छ ।

जिल्लाको कावासोती नगरपालिका – १६, मध्यबिन्दु अस्पताल अगाडी केही व्यक्तिहरुको कुटपिटबाट २३ बर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

प्रहरीले कुटपिटमा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा  कावासोती नगरपालिका – १४ का २१ बर्षीय  सुदिप क्षेत्री र १७ बर्षीय अमित गुरुङ, मध्यबिन्दु नगरपालिका- ४ का  १९ बर्षीय सन्दिप क्षेत्री, हुप्सीकोट गाँउपालिका -०३ का ३५ बर्षीय कृष्ण वाग्ले,  रामग्राम नगरपालिका- ४ का  २१ बर्षीय गणेश कुमार ठाकुर र  डोल्पा लिकु गाँउपालिका- ०७ का १७ बर्षीय  अर्जुन पुन रहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button