स्याङ्जामा महायज्ञबाट २ करोड ५३ लाख सङ्कलन

पोखरा न्यूज- १७, कार्तिक ।

स्याङ्जामा महायज्ञबाट २ करोड ५३ लाख सङ्कलन गरिएको छ ।

जिल्लाको हरिनास गाउँपालिका मग्याम चिसापानीमा कार्तिक ५ गते देखि १५ गतेसम्म भएको महायज्ञमा विभिन्न सङ्घसंस्था तथा दाताबाट उक्त रकम सङ्कलन भएको हो ।

स्थानीय महिमा माविले प्राविधिक शिक्षा सहितको बहुमुखी क्याम्पस सञ्चालनका लागि महायज्ञको आयोजना गरेको हो । महायज्ञबाट सङ्कलित रकम बिद्यालयमा प्राविधिक बिषयमा उच्च शिक्षा सञ्चालनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनाथ लम्सालले बताए ।

स्थानीय स्तरमा उच्च शिक्षा सञ्चालनबाट विद्यार्थी उच्च शिक्षाका लागि सदरमुकाम स्याङ्जा बजार, पोखरा र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने लम्सालको भनाइ छ ।

प्रमुख वाचक दीनबन्धु पोखरेलले सङ्गीतमय कथा वाचन गरेको महायज्ञ व्यवस्थापनका लागि करीब रु ३० लाख खर्च भएको आयोजकले जनाएको छ ।

महायज्ञमा हरिनास गाउँपालिकाले रु २१ लाख प्रदान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button