पोखराको नयाँबजारमा तिहार मेला संचालन

पोखरा न्यूज – १७, कार्तिक ।

नेपाल सम्वत ११३९ को उपलक्ष्यमा महिला उद्यमशीलता विकासको लागि स्वन्ती नखः (तिहार) मेला पोखराको नयाँबजारमा सुरु भएको छ ।

नेवाः मिसा पुचः कास्कीको आयोजनामा नयाँबजार सांस्कृतिक समितिको सहयोगमा महिला उद्यमशीलताको विकास गराउने उद्धेश्यले पहिलो पटक उक्त मेला आयोजना गरिएको पुचःका अध्यक्ष शान्ति उदासले बताइन् ।

एक दिने उक्त मेलामा तिहार पर्वमा आवश्यक पर्ने सामाग्रीहरुको प्रर्दशनीसहित बस्तुहरुको बिक्रि वितरण गरिएको अध्यक्ष उदासले बताइन् । तिहार पर्वमा नेवारी समुदायलाई आवश्यक पर्ने रोटी देखि, हाँसको अण्डासम्म मेलामा उपलब्ध गराएको उनले बताइन् । जजनका, धान, मटमास, चामलको पिठो, कालो भटमास, माछा, रेखि, कटुस, ढाका टोपी लगायतका बस्तुहरु मेलामा बिक्रिको लागि राखिएको छ ।

उनले भनिन् “ यो हाम्रो पहिलो प्रयास हो, यस बर्ष राम्रो भएमा आगामी बर्षमा हामीले अझ व्यबस्थित मेलाको आयोजना गर्ने छौं ।” पोखरा महानगपालिकामा ३२ वटा नेवाः मिसा पुचः का ईकाईहरु भएको पुचः रानिपौवाका सल्लाहकार बकावली शाक्यले बताइन् ।

यसैबिच, नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button