पिपिएलको समूह चरण सम्पन्न, काठमाडौं, पोखरा र चितवन अघि बढे

पोखरा न्यूज – १७, कार्तिक ।

पोखरा प्रिमियर लिगको समूह चरण पार गर्दै हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन र चितवन राइनोज् अघि बढेका छन् ।

आज भएको पहिलो खेलमा पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवनले विराटनगरलाई ४ विकेटको अन्तरले नै पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क हासिल गर्यो । आज भएको दोस्रो खेलमा विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ४ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा सन्नी पटेलले शानदार अर्धशतक प्रहार गरेपछि चितवनले जीत हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनायो । उसका लागि ओपनरहरु मुहम्मद जाइद आलमले ५१(४७) र सुनिल धमलाले ४७(४५) रन बनाएतापनि राम्रो फिनिसिङ गर्न नसक्दा टिम ८७-१ बाट १४५-५ को स्थितिमा सीमित हुन पुग्यो । चितवनलाई खेलमा फर्काउन पारस खड्का र स्मित पटेलले २-२ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा १ मेडनका साथ ९ रन मात्र खर्चेर निकै किफायती बलिङ गरे ।

जवाफमा १४६ रनको लक्ष्य पछ्याएको चितवनले सुरुआत कमजोर गरेपनी मध्यक्रमले भरपर्दो योगदान दिएपछि लक्ष्य ३ बल बाकिँ छदै पूरा गर्यो । टिमका लागि स्मित पटेलले २१(२५), आरिफ सेखले ३५(३९) तथा सन्नी पटेलले ५१(२४) रनको आक्रामक पारी खेले । बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनका साथ ४ विकेट हासिल गरे । अलराउन्ड प्रदर्शन गर्दै टिमलाई जिताएका सन्नी पटेल नै म्यान अफ दि म्याच घोषित भए ।

अब प्रतियोगितामा फाइनल प्रवेशका लागि काठमाडौं र चितवनबीच प्ले अफ खेल हुनेछ भने लिगको शीर्ष स्थानमा रहँदै पोखरा फाइनल प्रवेश गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button