शर्वेश्वर मार्गमा शर्वेश्वर दिपावली साँझ हुने

डिएनबी – पोखरा न्यूज – १७, कार्तिक ।

यस बर्ष पनि पोखराको शर्वेश्वर मार्गमा शर्वेश्वर दिपावली साँझ हुने भएको छ । पोखरा महानगरपालिका ४ स्थित शर्वेश्वर व्यवसायी समितिको आयोजनामा यही कार्तिक २० गते तिहार पर्वको अवसरमा दिपावली साँझ हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

नेपाली मौलिक संस्कृतीको संरक्षण गर्दै व्यवसायीक हकहितको लागि आफुहरुले यस बर्ष पनि उक्त साँझको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एकनारायण पनेरुले बताए । उनका अनुसार एक दिने उक्त कार्यक्रममा लक्ष्य ब्याण्ड, तरेली साँझ सहितका रन्जन गायक, मुस्कान रानाभाट, मिलन लामा लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको संयोजक पनेरुले जनाए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन तथा विकास गर्ने उद्धेश्यले साथै बजार ब्यबस्थापन र व्यापार प्रवर्धनको लागि पनि उक्त साँझ आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष पौडेलले बताए । आफुहरुले नेपाली मौलिक कला संस्कृति झल्कने गित तथा संगीतलाई प्रथामिकता दिने गरी उक्त साँझ गरिने भएको पौडेलले जनाए । समितिमा २ सय व्यवसायीहरु आवद्ध रहेकाछन्। शर्वेश्वर मार्ग टोल सुधार समितिका देवकृष्ण पराजुलीले देशमा आर्थिक तरलता भएको अबस्थामा यस्ता कार्यक्रमले केहि सहजता पार्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button