भोली पोखरामा डेंगुविरुद्धको सचेतना र्याली हुने 

पोखरा न्यूज – १७, कार्तिक ।

युवा पत्रकार संजाल गण्डकीको आयोजनामा आईतवार पोखरामा डेंगुविरुद्धको सचेतना र्याली हुने भएको छ । पोखरामा क्रियाशिल विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा उक्त र्यालीको आयोजना गरिएको संजालका अध्यक्ष भिम थापाले बताए ।

एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको सक्रमण पोखराका विभिन्न स्थानहरुमा फैलिरहेका बेला नगरीमा सचेतना अभिवृद्धिका लागि र्यालीको आयोजना गरिएको थापाले बताए । पोखरामा हाल सम्म १ सय भन्दा धेरैलाई डेंगुको सक्रमण भेटिएकाले सचेत रहन समेत संजालले आह्वान गरेको छ ।

आइतबार बिहान पोखराको चिप्लेढुगाबाट सुरु हुने उक्त र्याली न्युरोड, सभागृह, पृथ्वीचोक हुदै सामुदायीक हस्पिटल सम्म पुग्ने संजालका महासचिव सुरेसराज अधिकारीले बताए । र्यालीमा युवापत्रकार, अग्रज पत्रकार संचारकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सांसद, कर्मचारी, उद्योगी व्यावसायी, समाजसेवी, नागरीक अभियान्ता लगायतको सहभागिता रहने छ ।

र्याली विहान ७ बजे सुरु हुनेछ । संजालले र्यालीमा सहभागी भई जनचेतना अभिवृद्धिको अभियानमा योगदान अपिल समेत गरेको छ । यसअघि शुक्रबार संजालले पोखराको पृथ्वीचोकमा फोहोर व्यवस्थापनका लागि दर्जन भन्दा बढि डस्टविनहरु राखेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button