प्याराग्लाइडिङ वल्र्ड कपमा कोरिया उपाधि नजिक, समुह तर्फ नेपाल तेश्रो स्थानमा

डिएनबी, पोखरा न्यूज- १७, कार्तिक ।

कोरिया प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ को उपाधि नजिक पुगेको छ । दुई दिनको खेलमा ५ राउण्ड पुरा गर्दा कोरियाले उपाधि जित्ने होडमा अग्रस्थानमा रहन सफल भएको हो ।

खुल्ला एकल तथा समुह चरणको खेलमा समेत वर्चस्व जमाउन सफल भएको कोरियाले प्रतियोगितामा तीन वटा स्वर्ण पदकको  उपाधि नजिक पुगेको हो ।  शनिबार सम्पन्न  तीन राउण्टको खेलमा सोलोभानियालाई पछी पार्दै कोरिया अग्र स्थानमा आउन सफल भएको हो ।

खुल्ला तर्फको ईभेण्टमा पहिलो दिनको दुई राउण्डको खेलमा कोरियासंग समान ५ अंक ल्याउदै अग्र स्थानमा रहेको सोलोभानिया दोश्रो दिनको खेलमा चौथो स्थानमा रहदा पहिलो देखि तेश्रो स्थानसम्म कोरियाले आफ्नो वचश्र्व जमाउन सफल भएको छ ।

स्याङ्जाको स्वरेक मैदान (भिरकोट) बाट उडान गरी वालिङको डौंवाफाँटमा अवतरण गरेका कोरियाका स्याङज्यू लिमले ५ राउण्डको खेलमा १० अंक ल्याउदै अग्र स्थानमा आउन सफल भएका हुन। पहिलो दिनको खेलमा उनी तेश्रो स्थानमा रहेका थिए ।

५ राउण्डको खेलमा कोरियाका किम कि हेवन ११ अंकका साथ दोश्रो स्थानमा रहेका छन । उनी पहिलो दिनको खेलमा भने सातौं स्थानमा रहेका थिए ।

त्यसै गरी पहिलो दिनको खेलमा चौथो स्थानमा रहेका कोरियन खेलाडी जीहुन यो दोश्रो दिनको खेलसम्म आउदा १३ अंकका साथ तेश्रो स्थानमा रहेका हुन।

पहिलो दिनको दुई राउण्डको खेलमा अग्र स्थान रहेका सोलोभानियाका प्रि–लोजुक रोक दोश्रो दिनको खेल सहित हाल चौथो स्थानमा झरेका छन। उनले १४ अंक ल्याएका छन।

एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको ईभेण्टमा २८ अंकका साथमा १० औं स्थानमा रहेका छन।

त्यसै गरी दोश्रो दिनसम्म ५ राउण्डको खेलमा महिला तर्फ अग्र स्थानमा कोरियाकै खेलाडीहरुको वचश्र्व रहेको छ । कोरियाका योनह्याङ चो ले २३ अंकका साथ अग्र स्थानमा रहेकी हुन। पहिलो दिनको खेलमा पनि उनी ९ अंकका साथमा पहिलो स्थानमा रहेकी थिइन। ४३ अंकका साथ कोरियन खेलाडी ईनसुक काङ दोश्रो र ५० अंकका साथमा हुनहि किम तेश्रो स्थानमा रहेकी छन।

भारतकी गिता रेजकी गुण्टरी २ सय २ अंकको साथमा चौथो स्थानमा रहदा नेपाली खेलाडी तृसा श्रेष्ठ बमजन ७ सय ६४ अंकका साथमा पाँचौं स्थानमा रहेकी छन।

त्यस्तै पुरुष टिम तर्फ हालसम्म कोरिया प्रथम र दोश्रो स्थानमा रहदा नेपालले तेश्रो स्थानमा रहेको छ । कोरियाले १ सय ५१ अंकका साथ अग्र स्थान, २ सय ५४ अंकका साथमा दोश्रो र २ सय ७० अंकका साथमा नेपाल तेश्रो स्थानमा रहेको छ ।  आइतबार एक राउण्डको खेलसंगै प्रतियोगिता समापन हुने भएको प्रतियोगिताका अपिसियल बालकृष्ण बसेलले बताए ।

प्रतियोगितामा २१ देशका १ सय २० प्याराग्लाईडिङ पाईलटहरुले नाम दर्ता गराए पनि प्रतियोगितामा भने १८ देशका ७० जना खेलाडीहरुले मात्र सहभागिता जनाएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि स्याङजामा पहिलो पटक प्याराग्लाइडिङको वल्र्ड कप भएकोप्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख समेत रहेकी सिता कुमारी सुन्दासले बताइन।

सहभागि प्याराग्लाइडिङ खेलाडीहरुलाइ स्थानिय होम स्टेमा राखिएको व्याबस्थापन गरिएको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।

प्रतियोगिताका बिजयी टिम तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गर्नेछन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।

प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैया रहेको  संयोजक शैलेन्द्रले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button