पिपिएलको फाइनलमा पोखरा पल्टन र चितवन राइनोज भिड्ने

पोखरा न्यूज- १८, कार्तिक ।

पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिगको सेमिफाइनल खेल जित्दै चितवन राइनोजले फाइनलमा पोखरा पल्टनसँगको भिडन्त तय गरेको छ ।

आज भएको इलिमिनेटरमा चितवनले काठमाडौंलाई सहजै ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलमा निकै कमजोर प्रदर्शन गरेको काठमाडौं टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा ९४ रनमा सीमित हुन पुग्यो । काठमाडौंका लागि जयकिसन कोल्सावालको २५(३७) र ज्ञानेन्द्र मल्लको ३०(३५) बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा स्कोर बनाउन सकेनन् । चितवनका सन्नी पटेल ३ विकेट लिँदा स्मित पटेल र भुवन कार्कीले २-२ विकेट लिए ।

९५ रनको झिनो लक्ष्य पछ्याएको चितवनले स्मित पटेलको ३८(४३) र हरिसङ्कर साहको २६(२२) रनको मद्दतले १० बल बाकिँ छदै ४ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो । उसका लागि आरिफ सेखले पनि २०(३२) रनको योगदान दिए । काठमाडौंका सुसन भारीले ३ विकेट लिए पनि टिमको हार टार्न सकेनन् ।

पोखराको आकाशमा बादल लागेर ओभरकास्ट अवस्थाको फाइदा उठाउदैँ चितवनका बलरले राम्रो प्रदर्शन गरेपछी खेल एकपक्षीय हुँदा खेल हेर्न आएका दर्शक निराश भएका थिए । सहज जीत हासिल गरेर फाइनल प्रवेश गरेको चितवनले अब फाइनलमा भने बलियो घरेलु टोली पोखराको सामना गर्नेछ । खेल पर्सि मंगलबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button