इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा, विदेशी लगानीको सम्भाव्यता अध्ययन

पोखरा न्यूज- १८ ,कार्तिक ।

इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकिय नगरी पोखराको रुपाकोट तथा बेगनासको भ्रममण गरेका छन् ।

प्रसिद्ध व्यवसायीक संस्था अमेरीकन एक्स्प्रेसका पूर्व कार्यकारी अधिकृतसहितको टोलीको नेतृत्व गर्दै पूर्व प्रधानमन्त्री तम्राट पर्यटकिय लेखनाथ क्षेत्र भ्रमण गरेका हुन् । आफ्नो तीन दिने भ्रमणका क्रममा उनीसहितको टोलीले नेपालमा विदेशी लगानीको सम्भाव्यता समेत अध्ययन गरेको थियो ।

शुक्रवार नेपाल आईपुगेका उनीसहितको टोलीले यस अघि राष्टपति विद्या भण्डारी, उपराष्टपति नन्दकिशोर पुन, प्रतिनिधी सभाका शभामुख कृष्ण बहादुर महरा लगायतलाई राजधानी काठमाडौमा शिष्टाचार भेट गरेको थियो ।

काठमाडौको भेटघाट कार्यक्रम लगत्तै पोखरा उत्रिएको टोलीले पोखरा क्षेत्रमा बैदेशिक लगानीको सम्भाव्यता अध्ययन समेत गरेका थिए । स्थिर सरकारको निर्माणसँगै नेपाल अब बिकासको गतिमा लम्कन सक्ने भन्दै आर्थीक स्तर बलियो बनाउन सक्ने उनिहरुको ठम्याई छ । पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषीको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना ठहर गरेको छ ।

टोलीले नेपालका नागरीकसँग मिलेर काम गर्न आफुहरु उत्सुक रहेको र त्यसका लागि आपसी भाईचाराको बिकासमा जोड दिए । भ्रमण दलका सदस्य तथा अमेरीकन एक्स्प्रेसका पूर्व कार्यकारी अधिकृत बेन स्मिथले भने , “नेपालको विकासका लागि पर्यटन र कृषी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो ठम्याई छ । ” तर त्यसका लागि युवाहरुका भूमिका र भाईचाराको बिकास पनि त्यतिकै मात्रामा उल्लेख्य रहने उनले बताए ।

यसैबिच टोलीले पोखरा महानगरपालिका वडा नम्बर ३१ ब्ोगनासस्थित आनन्दज्योती माविको पनि अवलोकन तथा भ्रमण गरेको थियो । युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलको पहलमा नेपाल भ्रमण गरेको करीब एक दर्जन संङख्यामा रहेको टोलीले उक्त विद्यालयमा आर्थिक सहयोग समेत गरेको छ । उक्त विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीको निम्ति शैक्षिक सहयोगका रुपमा २ हजार ५ सय अमेरीकन डलर टोलीले सहयोग गरेको हो ।

रकम हस्ताण्तरण कार्यक्रममा बोल्दै नेपालका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफ्नो क्षेत्रमा भएको विदेशी हाईप्रोफाईल भ्रमणबाट आफु अत्यन्त खुशी बनेको धारणा राखेका थिए ।

यस्ता भ्रमणलाई निरन्तरताका लागि आग्रह गर्दै त्यस क्षेत्रका शैक्षिक तथा अन्य विकासका लागि विदेशी दातृृ निकायले उल्लेख्य भूमिका निभाएको पनि जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button