पोखराको बिरौटा चोकको आइल्याण्ड भत्काइयो

डीएनबी, पोखरा न्यूज – १९, कार्तिक । 

पोखराको पार्दी बिरौटामा रहेको आइल्याण्ड भत्काइएको छ । पोखरा महानगरपालिका तथा  वडा नम्बर १७ को आयोजनामा सोमबार पोखराको पार्दी बिरौटा चोकमा रहेको आइल्याड डोजर प्रयोग गरी भत्काइएको वडा अध्यक्ष तिर्थराज अधिकारीेले बताए ।

१२ मिटरको गोलाकारमा रहेको उक्त आइल्याण्डको बाहिरि भाग करिब ७.५ मिटरको भाग भत्काइएको अध्यक्ष अधिकारीले जनाए । बाँकी करिब ४.५ मिटरको गोलाकारमा दुई वटा सालिक सहितको तमु हिला चोक लेखिएको क्षेत्र भने केहि समय पछि समन्वय गरी ब्यस्थापन गरिने भएको उनले बताए ।

उक्त क्षेत्रको आइल्याण्डको भाग घटाएसंगै सडक क्षेत्रको भाग फराकिलो हुदा ट्राफिक ब्याबस्थापनमा थप सहयोग हुने भएको अध्यक्ष अधिकारीले दाबी गरे । पार्दी बिरौटा चोकमा रहेको आइल्याण्डको धेरै भाग हटाउने बिषयमा सारोकार निकायसंगको छलफल गरेसंगै सौहार्दपुर्ण वातावरणमा हटाउने सहमति भएको उनले जनाए ।

बाँकी रहेको आइल्याण्ड र आइल्याण्डमा रहेको साशिकलाई महानगरपालिकाले सरोकार पक्षसंगको सहकार्यमा हटाउने सहमति भए पनि मात्र दोश्रो चरणको काम हुने भएको उनले जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित पोखराको छोरेपाटन शान्ति स्तुपाः जाने बाटो देखि पृथ्बीचोकसम्मको क्षेत्रमा केही समय पछि चार लेनको सडक बिस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए । सो क्षेत्रमा सडक मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचनाहरु समेत हटाउने  उनले चेतावनी दिएका छन।

महानगरपालिकाले यस अघि पोखरा जिरोकिलोमिटरमा रहेको आइल्याण्ड, पृथ्बीचोकको आइल्याण्डको भाग भत्काएको थियो ।

पोखराका आइल्याण्डमा रहेका विभिन्न व्यक्तिहरुको शालिक सराङकोटमा ब्यबस्थापन गर्ने तयारी महानगरले  गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button