पर्वतको कुश्मा बजारबाट लागुऔषधसहित २ जना पक्राउ

पोखरा न्यूज – २०, कार्तिक । 

प्रहरीले सोमबार पर्वतको सदरमुकाम कुश्मा बजारबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १सय २२ थान लागुऔषध र चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए  ।

उनिहरलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button