म्याग्दीको गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म

पोखरा न्यूज – २०, कार्तिक ।

चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु मानिएको बेनी नगरपालिका–९ गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ ।

कुश्मास्थित चण्डिका गणअन्तर्गत प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सो गुल्मको स्थापना गरिएको हो । गुल्ममा हाल ३५ प्रहरी खटिएका छन् । भौतिक पूर्वाधार निर्माण गरी जनशक्ति थप गरिने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताए । यसअघि जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति थिएन । पर्वतको कुश्मास्थित गणले नै सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button