पोखरामा मापसेको सुरमा अर्कैको ट्याक्सी लिएर भाग्दा एकको ज्यान गयो

पोखरा न्यूज- २०, कार्तिक । पोखरामा मादकपदार्थ सेवन गरेर अर्कैको ट्याक्सी लिएर भाग्दा एक जनाको ज्यान गएको छ ।

सोमबार राती मादकपदार्थ गरेर सुतेका अन्दाजी २५ बर्षीय सुमन पौडेलले अर्कैको ट्याक्सी चलायर भाग्दा दुर्घटनामा परि ज्यान गुमाएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले बताए।

पोखरा – ७ शान्तिनगर स्थित राजु कुवरको ग्यारेजमा काम गर्ने पोखरा – २१ कृस्तीका पौडेल सोमबार राती ट्याक्सी चालकसँगै शान्तिनगरमा मादकपदार्थ सेवन गरि सुतेका थिए ।

ट्याक्सी चालक राजु थापा सधै ट्याक्सी पार्किंग गर्ने ठाउमा ट्याक्सी पार्किंग गरेर पौडेल सँगै मापसे गरेर सुतेकोमा पौडेलले सुटुक्क ट्याक्सीको चापी लिएर हिडेको चालकलाई उदृत गर्दै डिएसपी कार्कीले पोखरा न्यूजलाई बताए ।

पौडेलले लिएर हिडेको ग १ ज ५४३ नम्बरको उक्त ट्याक्सी पोखरा -२२ पुम्दी भुम्दी स्थित फलेंटेमा दुर्घटना हुदाँ उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्सी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

मादकपदार्थ सेवन गरेका उनले बेसुरमा वा अन्य कुनै मनसायले ट्याक्सी लिएर हिडेका थिए भन्ने कुरा खुल्न बाकी रहेको डिएसपी कार्कीले बताएका छन् ।

यद्यपि घटनाका बारेमा यसअघी ट्याक्सी चोरिएको र हराएको भन्ने जस्ता कुराहरु जोडिन आएकाले थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button