पोखरामा चहल पहल ह्वात्तै बढ्यो

डिएनबी, पोखरा न्यूज- २१, कार्तिक ।

नेपालीहरुको महान पर्व वडा दशैं भन्दा पोखरामा तिहार पर्वको अवसरमा छुट्टै रौनक हुने गरेको छ । तिहार पर्वको आज तेश्रो दिन अर्थात लक्ष्मि पूजा भएकोले गर्दा पनि पोखराको मुख्य बजार सहितको चोकहरुमा तिहार पर्वको लागि आवश्यक सामाग्रि सहितको भाइटिका पर्वको लागि चाहिने भाइटिका मसला, फलफूल, ढाका टोपी सहित फुलमाला तथा गिफ्ट किन्नेहरुको भिडभाडले गर्दा बजारमा ह्वात्तै चहल पहल बढेको हो ।

पोखराको अति नै व्यस्त बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पालिखेचोक, पृथ्बीचोक, न्यूरोड, पार्दी बिरौटा, बगर लगायतको क्षेत्रमा बिहानैदेखि तिहार पर्वको लागि आवश्यक सामानहरु किन्ने र बिक्रि गर्नेहरुको भिडभाड भएको छ ।

फुटपातमा केहि व्यपारीले विभिन्न चार्ड पर्वको अवसरमा व्यापार गरेको पाइन्छ भने आम उपभोक्ताहरुले अन्य पसल भन्दा केहि सहुलियतमा सामानहरु पाउने गरेका छन। भाइटिका पर्वको अवसरमा यसरी बजारमा विभन्नि सामानहरु बिक्रि हुदा मुल्यको भने एकरुपता देखिदैन।

सार्वजनिक बिदा भएकोले गर्दा पोखरा महानगरपालिका संग जनशक्ति कम भएकोले गर्दा चार्ड पर्वको अवसरमा महानगरपालिकाको ध्यान फुटपात ब्यापारीहरु माथि ध्यान पुग्न सकेको छैन। पोखरा महानगरपालिकाका सुचना अधिकृत गंगालाल सुवेदीले फुटपाते व्यावसायीहरुको बिषयमा महानगरपालिका गम्भिर भएको बताउदै त्यसको  दीर्घकालीन ब्यबस्थापनको लागि योजना बनाउने जनाए ।

क्लव, आमा समुह, तथा विभिन्न संघ संस्थाहरुले आयोजना गरेको देउसी भैलो कार्यक्रमले गर्दा पोखरामा हाल  छुट्टै रौनक दिएको छ । तिहार पर्वमा मुख्य गरी पाँच दिनसम्म विभिन्न पूजा आजा गरी आफ्नो घर आगनमा सफा सुग्घर गरी झिलिमिली पार्ने गरिन्छ भने भाइटिकामा आफ्ना दाजुभाइले दिदी बहिनीसंग टिका थाप्ने प्रचलन रहि आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button