प्रदेश असफल भए संघियता नै असफल हुने प्रचण्डको दाबी

डिएनबी, पोखरा न्यूज -२१, कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार असफल भए संघियता नै असफल हुने दाबी गरेका छन्। प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश सभा तथा प्रदेश सरकार असफल भए गणतन्त्र, संघीयता, धर्म-निरपेक्षता लगायत सबै परिवर्तनहरु असफल हुने दाबी गरेका हुन।

विकास र समृद्धि हासिल गर्न संघियताले तीन तहको सरकारको अबधारणा ल्याएको बताउदै उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन असफल भई देश अँध्यारोमा फस्ने जनाए । गण्डकी प्रदेशले  प्रदेशको नाम र यसको राजधानिको बिषयमा टुंगाएकोले यस प्रदेशले अन्य प्रदेश भन्दा फरक ढंगले अग्रता हुने गरी विकास र समृद्धि हासिल गर्ने तर्फ लाग्नु पर्ने बताउदै अध्यक्ष प्रचण्डले विकासको माहोल सिर्जना गर्न पत्रकारको समेत सकरात्मक भुमिका आवश्यक भएको बताए ।

कर्मचारीको कारणले आफुहरुले चाहे अनुसारको काम गर्न नसकेको पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बताउदै प्रदेशमा खटाएका कर्मचारीहरु नजाने गर्दा प्रदेश सरकार प्रभावकारी ढंगले अघि बढ्न नसकेको बताए । उनले भने “राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको छ, यस बिषयमा कर्मचारीहरुलाई प्रशिक्षण गराउनु पर्ने भएको छ, संविधानको बारेमा बुझाउनु पर्ने छ । ”

प्रचण्डले केपी शर्मा ओली सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको दाबी गरे । उनले असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले जनाए । नेपालका छिमेकी मुलुक चिन र भारत बिचको सन्तुलित सम्बधले गर्दा नेपाल ल्याण्ड लक्ड (भूपरिवेष्ठित) देशबाट ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्न सफल भएको दाबी गरे ।

२ नम्बर प्रदेश सरकारले प्रहरी ऐन ल्याउन लागेको सन्दर्भ पुनः जोड्दै अध्यक्ष प्रचण्डले संघिय सरकार भन्दा प्रदेश सरकारले पहिला प्रहरी ऐन ल्याएमा देशमा ठुलो दुर्घटना हुने आफुले अभिव्यक्ति दिएको बताए । उनले भने “संघिय सरकारलाई कसैले ओभरटेक गर्न खोजे दुर्घटना हुन्छ, संघिय कानुन भन्दा प्रदेश कानुन पहिला बनेमा देशमा दुर्घटना हुन्छ । ” पुर्व पश्चिम रेल मार्ग छिट्टै संचालन हुने उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button