पोखरामा ईलेक्ट्रीक स्कुटर

बाताबरण जोगाउन उत्तम हुने आन्तरीक मामिला मन्त्री चुमानको भनाई

पोखरा न्यूज – २१, कार्तिक ।

पोखरामा ईलेक्ट्रीक स्कुटरको बिक्रिबितरण सुरु भएको छ ।

बाताबरण र ईन्धनको खपत जोगाउने बिद्युतिय स्कुटरको आधिकारीक बिक्री सुरु भएको हो । चाईनाको द बेल्ट एण्ड रोड कम्पनीले उत्पादन गरेको बिद्युतिय स्कुटरलाई पोखराको माछापुछ्रे अटोमोवाईल्सले बिक्रि तथा मर्मत सूरु गरेको हो ।

पेट्रोलिय पदार्थको कम प्रयोगले मात्र बाताबरण बिग्रन बाट जोगाउन सकिने भएकाले नेपालमा पछिल्लो समय बिद्युतिय सवारी प्रयोग गर्ने बिषयमा पनि नितिगत र्निणय भएको अबस्थामा यस्ता सवारी उपयोगि भएको गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताए ।

सो रोमको उदघाटन गर्दे मन्त्री चुमानले सस्कृति र बाताबरण जोगान दायित्व अहिलेको पुस्ताको काधमा रहेकोले अब देशमा बिद्युतिय उपकरणको प्रयोग बढाउन आबस्यक रहेको स्पष्ट पारे । अब सरकारले बिद्युतिय बस तथा अन्य सवारीको बारेमा पनि सोचेर काम अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशले यो बर्षको अन्त्यमा लगानी सम्मेलन गरेर संबृद्ध प्रदेशका लागि लगानीको बाताबरण र्निमाण गर्ने उनको भनाई थियो । निजि क्षेत्र र सरकारले संयुत्त लगानी गर्ने बाताबरण नबनेसम्म निजि क्षेत्रको बिकास संभव नभएका कारण सरकारले अब त्यस बिषयमा कदम चालेको चुमानले जानकारी दिए ।

बिद्युतिय स्कुटर अन्य सवारी भन्दा भरपर्दो र उपयोगि भएको सो रुम सञ्चालक भरत भट्टले जानकारी दिए । बिद्युतिय सवारी प्रयोग गर्न सजिलो र कम खर्चिलोे भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button