कास्की कारागारमा पनि भाइटिका पर्व मनाइयो

डिएनबी, पोखरा न्यूज- २३, कार्तिक ।

कास्की कारागारमा पनि तिहार पर्व सौहार्द पुर्ण रुपमा मनाइएको छ । विभिन्न कारणले जेलमा परेकाहरुले आफ्ना दिदी बहिनीसंग भाइटिका पर्वको अवसरमा सप्तरंगी टिका लगाउदै आफुहरुले सकेको उपहार दिदै सौहार्द पुर्ण रुपमा भाइटिका पर्व मनाएका हुन।

बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म कास्की कारागारमा रहेका उनका दिदी बहिनी तथा दाजु भाईहरु कास्की कारागारमै पुगेर नेपाली परम्परा अनुसार भाइटिका पर्व मनाईएको कास्की कारागारका सुरक्षा प्रमुख रुहिणी धितालले बताए । उनका अनुसार कास्की कारागारमा हाल एक नावालक सहित ७ सय ३५ जना रहेका छन। जसमा ५३ जना महिलाहरु रहेका छन। बाँकी ६ सय ६१ जना पुरुष रहेका छन।

कास्की कारागार करिब ४ सय क्षमताको भए पनि हाल करिब दोब्बरको सङख्यामा कैदीहरुलाई राख्दा निकै कठिनाई पर्ने गरेको कास्की कारागारका प्रमुख हरिप्रसाद गौतमले बताए ।

उनका अनुसार २०२२ सालमा निमार्ण भएको उक्त कारागार जिर्ण भई सकेको तथा करिब दोब्बरको सङख्या कैदीहरुलाई राख्नुपर्दा धेरै समस्या हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button