सुनको भाउ एक हजारले घट्यो

पोखरा न्यूज- २५ , कार्तिक ।

सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत मङ्गलबार छापावाल सुन प्रतितोला रु ६० हजारमा कारोवार भएको थियो । त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ । अन्तराष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज रु २५ घटेर तोलामा रु ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button