तनहुँमा बस दुर्घटना हुँदा २० जना घाइते

पोखरा न्यूज- २५, कार्तिक  । तनहुँमा आइतबार दिउसो बस दुर्घटनामा परी २० जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको यात्रु बस तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको र अन्य १९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भिर घाइते भएका १३ बर्षीय सनम थापा सहित ५ जनाको मणिपाल अस्पताल पोखरामा र अन्य १५ जनाको दमौली अस्पतालमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले पोखरा न्यूजलाई बताए । अन्य घाइतेको भने नामावली उपलब्ध भइनसकेको डिएसपी अर्यालले जनाए ।

३५ जना सवार रहेको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको हो । दुर्घटनापछी बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button