पोखरामा होटल बुकिङ ७० प्रतिशत नाघ्यो

डिएनबी, पोखरा न्यूज – २९, कार्तिक ।

मलाई भोलि र पर्सिको लागि दुई वटा रुम चाहिएको थियो तपाँईको होटलमा रुम छ होला नी है । यसरी पटक पटक पोखराका विभिन्न होटलहरुको सम्पर्क नम्बर खोज्दै फोन गर्दा गर्दै ठुला तथा मध्यम स्तरका ५ वटा होटलसम्म सम्पर्क गर्दा पनि कुनै होटलमा रुम नभएको जानकारी पाएपछि पोखरामा होटलको अकुपेन्सि निकै राम्रो भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक सुर्य थपलियाले महशु गरे ।

उनले शुक्रबार र शनिबार दुई दिनको लागि पोखराका ठुला तथा मध्यमस्तरका करिब ५ वटा होटलसम्म सम्पर्क गर्दा रुम खोज्न नै मुस्किल परेकोमा एकातर्फ दुःख लागे पनि अर्काे तर्फ पोखरामा होटल अकुपेन्सि फुल भएकोमा निकै हर्सित भएका छन। अतिथि रिसोर्ट, द यात्रा, साग्रिला भिलेज, कुटि रिसोर्ट, क्विन्स पार्क लगायतका होटलमा रुम खोज्दा नभेटाउनु भनेको पोखरामा पर्यटकहरुको सङख्यामा बृद्धि हुनुनै  रहेको  उनको भनाइ  छ ।  उनले भने “ यस बर्षको पर्यटन सिजनको अन्तिम समयमा पोखराका अधिकाशं होटलहरु बुकिङ भएको पाईयो, यसले पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पारेको छ, यो हाम्रो लागि निकै खुसिको कुरा हो । ”

हिजो आज पोखरा क्षेत्रका पर्यटक स्तरीय होटलहरुमा विदेशी तथा आन्तरिक पर्यटक आगमनले गर्दा होटल व्यवसायीसंगै पर्यटन व्यवसायीहरु उत्साहित भएका हुन। पोखराका ठुला तथा मध्यमस्तरका  होटलहरुको  हालको  अकुपेन्सि करिब ७० देखि शतप्रतिशत सम्म रहेको व्यवसयिहरुले बताएका छन भने साना होटलमा ६० प्रतिशत जसो अकुपेन्सि रहेको ब्यबसायी बताउछन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले हाल पोखरामा तेश्रो मुलुकका पर्यटकहरुको सङख्यामा बृद्धि भएको बताए । उनले पोखरा न्यूज संग भने “ दशैं पर्वको अवसरमा आन्तरिक पर्यटकहरुको सङख्या पोखरामा बढी थियो भने यति वेला विदेशी पर्यटकहरुको सङख्या केहि बृद्धि भएको छ, यसबाट हामी पर्यटन व्यवसायि केही उत्साहित भएका छौं ।” पोखराका साना, ठुला सवै हिसावले हेर्दा हाल करिब ७० प्रतिशत माथि होटलको अकुपेन्सि रहेको अध्यक्ष तुलाचनले जनाए ।

यस बर्षको पर्यटनको सिजन अक्टुवर र नोवेम्वरमा पोखरामा उत्साहजनक रुपमा पर्यटक आएको कुटि रिसोर्ट एण्ड स्पाःका संचालक देवेन्द्र केसीले बताए । उनको होटलमा हाल ५१ रुम रहेकोमा  केहि दिन अघि देखि नोवेम्वर महिनासम्म करिब शत प्रतिशत अग्रिम बुकिङ भएको छ । टुर्स एण्ड ट्राभल्र्स, अनलाईन र आफ्नो रिलेसनका आधारमा पर्यटकहरु रिसोर्टमा आइरहेको जनाउदै  केसीले  हाल विदेशी पर्यटकहरुको  बढी  बुकिङ रहेको जनाए । उनको रिसोर्टमा प्रति बेड प्रति रातको ३ हजार ५ सय देखि १५ हजारसम्म शुल्क लाग्छ ।

पोखराको हाल संचालनमा आएको एक मात्र पाँच तारे होटल पोखरा ग्राण्डमा यति वेला ९० प्रतिशत होटल बुकिङ भएको होटलका सिनियर सेल्स म्यानेजर कमल शेरचनले बताए । उनका अनुसार विदेशी तथा स्वदेशी पर्यटकहरुले यस सिजनमा ९० प्रतिशत अग्रिम बुकिङ गरेका हुन। १ सय ४० वटा रुम रहेको उक्त होटलमा प्रति बेड प्रति रातको ७ हजार ५ सय देखि ३० हजारसम्म पर्छ ।

त्यसैगरी पोखराको डोनस्टि होटलमा यति वेला करिब ८० प्रतिशत होटल अकुपेन्सि रहेकोछ । ३० रुम रहेको उक्त होटलमा एक हजार देखि ३ हजारमा रुम उपलब्ध गराएको होटल संचालक असोक लामा रुम्बाले बताए । दशैं तथ तिहार पर्वको अवसरमा आन्तरिक पर्यटकहरु बढी भए पनि हाल विदेशी पर्यटक बढी भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button