सन्दीप दिल्ली डेयर डेभिल्स टिममा कायमै

पोखरा न्यूज – २९, कार्तिक ।

इन्डियन प्रिमियर लिगको क्लब दिल्ली डेयर डेभिल्सले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई रिटेन गरेसँगै उनी आउँदो संस्करणको आईपिएल् को अक्सनमा पनि सहभागी हुने पक्का भएको छ ।

आफ्नो पहिलो आइपिएलमा राम्रो छाप छोडेसँगै विश्व कृकेटका ठुला ठुला प्रतियोगितामा भाग लिइसकेका सन्दीपलाई यो अर्को उल्लेख्य सफलता मिलेको हो । पछिल्लो संस्करणमा सन्दीपले दिल्लीबाट ३ खेल खेल्दै ५ विकेट पनि लिएका थिए । सन्दीपले कुन टिमबाट खेल्ने चाहिँ अक्सन पछि मात्र पक्का हुनेछ ।

आईपिएलका टिमहरुले आफुले होल्ड गरेका खेलाडीको नामसुची बुझाउने आज अन्तिम दिन दिल्लीले १४ खेलाडी रिटेन गर्दै सुची सार्वजनिक गरेको हो । प्रतियोगिताको अर्को टोली चेन्नई सुपरकिङ्ग्सले सर्वाधिक २३ खेलाडी टिममा कायम राखेको छ । त्यस्तै मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले १७-१७ खेलाडी रिटेन गरेका छन् । रिटेन हुने ठुला नामहरुमा बल टेम्परिङको कसुरमा सजाय भोगिरहेका अस्ट्रेलियाका स्टार खेलाडीद्वय स्टिभ स्मिथ र डेभिड वार्नर पनि रहेका छन् । यता टिमबाट मुक्त गरिएका ठुला नामहरुमा मुम्बईबाट जेपी डुमिनी, प्याट कमिन्स, मुस्ताफिजुर रहमान, पन्जाबबाट युवराज सिंह, अक्सर पटेल, एरोन फिन्च, बैङ्गलोरबाट ब्रेन्डन म्याककुलम, क्रिस वोक्स, कोलकाताबाट मिचेल स्टार्क लगायतका रहेका छन् ।

अब डिसेम्बरमा हुने आईपिएलको खेलाडी बोलकबोलमा यिनै खेलाडीमा बोली लगाइनेछ । आफ्ना सम्बन्धित फ्रेन्चाइजबाट मुक्त गरिएका खेलाडीहरु पनि बोलकबोलमा भने समावेश हुनेछन् । २०१९ मा हुने एकदिवसीय विश्वकपका कारण १२ औँ संस्करणको आइपिएल प्रतियोगिता यस पटक पहिले भन्दा छिटो २०१९ को मार्च र अप्रिल महिनामा संचालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button