तनहुँका आलेद्वारा किरियापुत्री भवनलाई सहयोग

पोखरा न्यूज- २, मंसिर ।

तनहुँको दमौली निवासी भूपाल आलेले आफ्नो जन्मदिनको अवसरमा व्यास नगरपालिका–३ मा निर्माण भइरहेको किरियापुत्री भवनका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

जन्मदिन मनाउँदा हुने फजुल खर्च जोगाएर आलेले भवन निर्माणका लागि रु ५५ हजार ५५५ प्रदान गर्नुभएको हो । भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई उक्त रकम हस्तान्तरण गर्दै उनले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा सहयोग गर्नु उत्तम हुने बताए ।

निर्माण समितिका अध्यक्ष लम्सालले भवन निर्माणका लागि सहयोग गरेकामा आलेलाई धन्यवाद ज्ञापन गर्दै भवन निर्माणका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए । व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन आठकोठे भवन रु ५० लाखको लागतमा निर्माण हुदैछ । उक्त भवनमा व्यास नगरपालिकाले ८० प्रतिशत लगानी गरेको छ भने २० प्रतिशत रकम सर्वसाधारणसँग सङ्कलन गरिने लम्सालले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button