म्याग्दीमा प्रवासी पूर्वविद्यार्थीको पहलमा बिद्यालय भवन निर्माण

पोखरा न्यूज- २, मंसिर ।

प्रवासमा रहेका पूर्वविद्यार्थीको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविमा कक्षाकोठा भवन निर्माण भएको छ । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा पहार ट्रस (कोष) नेपालको सहयोगमा आठकोठे पक्की भवन निर्माण भएको हो ।

कोषको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ८७ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुईतले भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिए । भवन निर्माणका लागि सहयोग भित्र्याउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत दानावासीले पहल गरेका थिए ।

कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याउने योजना रहेको प्रअ शान्तबहादुर नेपालीले बताए । यसअघि भवन अभावमा ११ र १२ कक्षाको पठनपाठन बिहानको समयमा सञ्चालन हुँदै आएको थियो । नयाँ भवन बनेपछि सबै कक्षा दिवा सञ्चालन हुने भएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३५८ विद्यार्थी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button