तनहुँको इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण

पोखरा न्यूज- २, मंसिर ।

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङ क्यानोनिङले झरनामा क्यानोनिङको परीक्षण गरेको भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानसिंह थापाले जानकारी दिए ।
ड्रिमल्याण्ड क्यानोनिङका प्रबन्ध निर्देशक बोनी गुरुङको नेतृत्वमा चार जनाको टोलीले क्यानोनिङको परीक्षण गरेको थियो । ४० मिटर अग्लो झरनामा क्यानोनिङ गर्न उपयुक्त देखिएको गुरुङले बताए । क्यानोनिङको सफल परीक्षणपछि अब यसको पूर्वाधार निर्माणमा जोड दिइने उनले जानकारी दिए ।

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमी पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button