स्याङ्जामा अटो रिक्सा प्रहरी नियन्त्रणमा

पोखरा न्यूज- २, मंसिर ।

वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्हरीले नियन्त्रणमा लिएको छ ।

करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिए ।

जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करीब ४० अटो सञ्चालनमा रहेका छन् । सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ । नगरपालिकाले प्रति किलोमिटर रु १५ र थप किलोमिटरको रु दशका दरले भाडा निधारण गर्नुका साथै भित्री सडकमा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेपनि अटो सञ्चालकले नियम उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button