पोखरालाई शैक्षिक गन्तव्य बनाउँछौ : मेयर

पोखरा न्यूज-३ , मंसिर ।

विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डले पोखरा महानगरपालिकाको शिक्षा योजना बारेमा छलफल गरेको छ ।

नेपालका लागि फिनल्यान्डका राजदुत प्रेती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी  गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतसँग सोमबार छलफल गरेको हो । छलफलमा मेयर जिसीले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागि परेको बताए । उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोत साधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताए । शिक्षा कार्यविधि अनुसार शिक्षा परिषद् गठन गरी पोखराको शिक्षाको अध्ययन अन७३घढससन्धान गरी दक्ष जनशिक्त उत्पादनमा महानगरले प्राथमिकता दिने बताए ।

कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताइन् । शिक्षा बिना विकास सम्भव नभएकाले त्यसप्रति महानगर सचेत रहेको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संघीय संरचना अनुसार शिक्षाको जिम्मेवारी पनि महानगरमा आएकाले योजनावद्ध रुपमा काम गर्ने बताउँदै शिक्षालाई प्राथमिकता राखेको बताए ।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शिक्षामा सुधार ल्याउन महानगरले गरेका काम र योजनाको बारेमा राजदुतलाई जानकारी गराएका थिए । उनले शैक्षिक सत्र २०७६ देखि महानगरका भित्रका विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाएर सेतोपाटी राख्ने बताए । उनले पोखरामा २ सय ११ सामुदायिक र १ सय ७८ वटा संस्थागत विद्यालय भएको जानकारी दिएका थिए ।

छलफलमा राजदुत प्रेती एन्टिनेनले योजनावद्ध रुपमा काम गरे पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पुरा हुने बताए । उनले पोखराको सुन्दरताबाट आफु निकै प्रभावित भएको बताउँदै अर्को पटक पनि पोखरा आउने बताए । राजदुतसहितको टोलीले पोखराका केही विद्यालयको भ्रमण समेत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button