चिनियाँ ब्यवसायीद्धारा पोखरा महानगर उपप्रमुखसँग भेट

पोखराको पर्यटनमा लगानी गर्न ब्यवसायी इच्छुक

पोखरा न्यूज-४ , मंसिर ।

पोखरामा चीनका विभिन्न शहरका प्रमुखको भ्रमण पछिल्लो समयमा बढेको छ ।

देशमा राजनीतिक स्थिरता र लगानीको वातावरण सृजना भएसँगै चिनियाँ ब्यवसायीहरु पोखरा प्रति आकर्षित भएका हुन् । मुख्यत पोखराको पर्यटन क्षेत्रमा लगानी गर्न उनीहरुले चासो देखाएका हुन् । पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न उनीहरु इच्छुक देखिएका छन् । पोखरामा पछिल्लो समय इपिन शहर, हाइनान प्रदेशका उपाध्यक्ष, हाइनान प्रान्तको राजधानी रहेको हाइकोऊ नगरपालिकाका उपप्रमुख झाङली सहित त्यहाँका ब्यसायीहरुले भ्रमण गरेका छन् ।

पोखरा आएका हाइकोऊ शहरका ब्यवसायीको टिमले पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि शिक्षा, स्वास्थ्यमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । भ्रमणकै क्रममा चीनको हाइनान प्रान्तको हाइकोऊ नगरपालिकाको चाइना चेम्वर अफ इन्टरनेशनल कर्मशका भाइस उपाध्यक्ष चेनहोङ लिङ्ग नेतृत्वको ११ जनाको ब्यवसायीको टोलीले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग मंगलबार भेट गरेको छ । पोखरा महानगरमा चीनको ब्यवसायीहरुको टोलीलाई उपप्रमुख गुरुङले ढाकाको टोपी लगाइदिएर स्वागत गरिन । भेटमा ब्यवसायीहरुले यहाँ पर्यटनको सम्भावना रहेकाले लगानी गर्न इच्छुक भएको बताए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा विश्वकै उत्कृष्ट गन्तब्यभित्र पर्ने भएकाले यहाँको पर्यटन विकासको क्षेत्रमा लगानी गर्न सकिने बताइन् । उनले हाइकाओसँग ब्यापारीक सम्वन्ध कायम गर्न तयार रहेको बताउदै पर्यटन र कृषि क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको औल्याउदै भनिन् ’पोखरा पर्यटनको केन्द्र हो, लगानीका लागि वातावरण निर्माण गर्न महानगर तयार छ ।’

करिव साता अघि मात्रै पोखरा महानगर र हाइकोऊ वीचमा भगिनी सम्वन्ध स्थापना भएको छ । त्यस्तै गण्डकी प्रदेश र हाइनान प्रान्त वीच पनि भगिनी सम्वन्ध गाँसिएको छ । उपप्रमुख गुरुङले पोखरालाई पर्यटकीय हवका रुपमा विकास गर्न महानगर अगाडी बढेको बताइन् । चाइना चेम्वर अफ इन्टरनेशनल कर्मशका भाइस उपाध्यक्ष चेनहोङ लिङले यहाँको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न आफु इच्छुक रहेको त्यसको लागि लगानीको वातावरण चाहेको बताए । उनले अहिले नेपालमा स्थिर सरकार बनेको र स्थानीय तहमा जनप्रतिनिधि आएकाले लगानीको वातावरण बन्दै गएको भन्दै आफनो नेतृत्वको टिम नेपालको कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्न आएको बताए । उनले पोखराको उत्पादन हाइकोऊमा लगेर बेच्न सकिने बताउदै त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।

दुवै शहरका स्थानीय उत्पादनहरुको आदान प्रदान गरेर बजारीकरण गर्न सकिने बताउदै उनले भने ,‘पर्यटन प्रवर्धनमा सहयोग गर्न तयार छौ ।’ व्यवसायीसहितको समुहले पोखराको उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँग पनि लगानीका बारेमा छलफल गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button