तनहुँमा चार जुवाडे पक्राउ

पोखरा न्यूज-५ , मंसिर ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् । मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए । उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ । पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button