तनहुँमा वेदव्यासको अग्लो मूर्ति स्थापना हुने

पोखरा न्यूज-५ , मंसिर ।

तनहुँको दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा १०८ फिटको वेदव्यासको मूर्ति स्थापना गरिने भएको छ । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले व्यासको मूर्तिसहित समग्र व्यास क्षेत्रको विकासका लागि गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ ।

कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले अग्लाअग्ला मूर्ति भएका संसारका विभिन्न ठाउँका विज्ञसँग छलफल गरेर कम्पनीले व्यासको मूर्तिको काम गरिरहेको जानकारी दिए । उनले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरी गुरुयोजनानुसार विकास गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

व्यासको मूर्ति तनहुँको प्रतिष्ठाको रुपमा रहने भएकाले यसलाई सम्पन्न गर्न सबै तनहुँवासीको साथ र सहयोग आवश्यक पर्ने श्रेष्ठको भनाई छ । व्यासको मूर्तिसहित अन्य सबै संरचनाका लागि करीब रु ५० करोड आवश्यक पर्ने अनुमान गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए ।

गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, चौकीदार घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन र योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र कक्ष, व्यास पुस्तकालय, शौचालय, बगैंँचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पूजारी घर, व्यासका साना २७ मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।

व्यास–पराशर समिति एकीकृत

यसअघि व्यास र पराशर क्षेत्रमा गठन भएको दुई समितिलाई एउटै एकीकृत गरी व्यास क्षेत्र शिवपञ्चायन मन्दिर विकास कोषको रुपमा परिणत गरिएको छ । समितिका अध्यक्षमा लायन्स क्लब नेपाल ३२५ वि १ का डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठ चयन भएका छन् । आज भएको कोषको प्रथम साधारणसभा एवं दोस्रो भेलाबाट श्रेष्ठको अध्यक्षतामा दुबै समितिका पदाधिकारी एवं सदस्य सम्मिलित समिति गठन भएको छ ।

यसैबीच व्यासको १०८ फिटको मूर्ति निर्माणका लागि व्यास नगटरपालिका–४ निवासी देवनिधि पन्तले रु एक लाख र तीन किलो तामा सहयोग गर्ने घोषणा गरेका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button