पोखराका मिर्गौलापीडित डिलबहादुरलाई आर्थिक सहयोग

पोखरा न्यूज-६ , मंसिर ।

दुवै मिर्गाैलापीडित डिलबहादुर सार्की (नेपाली) लाई यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उनको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान गरे । निर्माण व्यवसायी नेपालीको गत चैतमा उच्च रक्तचापका कारण दुवै मिर्गाैलाले काम गर्न छाडेपछि अहिले फिष्टेल अस्पतालमा उपचार गराइरहेका छन् ।उपचारका क्रममा अहिलेसम्म रु चार लाख खर्च भइसकेको बताउँदै उनकी श्रीमती सुमित्रा नेपालीले सहयोगका लागि सबैसँग आग्रह गरीन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button