पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो

पोखरा न्यूज – ०६, मंसिर ।

पोखराको नालामुखमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

विहीबार बिहान भएको दुर्घटनामा मोटरसाईकल चालक पोखरा-२५ हेम्जाका १८ बर्षिय सुवास नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खांदा गम्भिर घाइते भएका नेपालीको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।

दुर्घटना परेर गम्भीर घाइते भएका नेपालीलाई बचाउने हेतुले गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले स्कटको गाडीमा राखेर अस्पताल पुर्याएका थिए । नेपालीलाई फिस्टेल अस्पतालको इमरजेन्सीमा उपचार गरेपछि आइसियुमा राखिएकोमा केही समयपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

उद्धार गरेपनि भर्खरको युवालाई बचाउन नसकेकोमा प्रदेश प्रमुख बाबुराम कुँवरले दुःख व्यक्त गरेका छन् । प्रदेश प्रमुख कुवँरले भर्खरका युवाले स्पीडमा सवारी चलाउँदा यस्ता दुर्घटना हुने भएकाले सवारी साधन नियन्त्रण बाहिर जाने गरी नचलाउन सबैलाई अनुरोध समेत गरेका छन् ।

मृतक नेपाली राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button