पोखरामा करिव ३१ लाख बराबरको बिदेशी मुद्रासहित २ पक्राउ

पोखरा न्यूज – ०७, मंसिर ।

पोखरामा करिव ३१ लाख बराबरको बिदेशी मुद्रा सहित २ जना पक्राउ परेका छन् ।

पोखरा – ०६ लेकसाइड स्थित सेन्टर पोइन्टको एक होटलबाट  युरो, अमेरीकी डलर ,भारतीय तथा नेपाली रुपैया गरि ३१  लाख २८  हजार ७  सय ९  रुपैया सहित बिहिबार २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

अबैध रुपमा बिदेशी मुद्रा सहित पक्राउ पर्नेमा काठमाण्डौ -३५ की २९ बर्षिया  चन्दा थापा र ४८ बर्षिय भारतीय नागरिक बिनायक कुमार बाबलाल शाह  रहेको बडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए ।

उनीहरुको साथबाट  प्रहरीले नेपाली रुपैया २४,८०५, भारतीय रुपैया  २ हजार दरका नोट ४३ थान , ५ सय  दरका नोट ११ थान,  १ सय  दरका नोट ९० थान, अमेरीकन डलर १सय  दरका नोट १ सय ९७ थान, ५० दरका नोट ५ थान, २० दरका नोट २ थान, १०  दरको नोट १ थान बरामद गरेको डिएसपी  कार्कीले जनाए ।

त्यसैगरी उनीहरुको साथबाट  प्रहरीले युरो  ५ सय दरका नोट ४ थान,  ५० दरका नोट २३ थान, २० दरका नोट २४ थान र  १० दरका नोट १७ थान  तथा इंग्ल्याण्ड पाउण्ड ५० दरका नोट ७ थान,  २० दरका नोट २९ थान, १० दरका नोट १६ थान र ५ दरका नोट २ थान फेला पारेको  डिएसपी  कार्कीले बताए ।

नगदसँगै उनीहरुको साथबाट ल्यापटप १ थान , मोवाईल ४  थान तथा बिभिन्न बैंकका ०६ थान एटिएम  कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबैजनालाई  शुक्रबार थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button