देशभर चिसोको प्रभाव

पोखरा न्यूज – १०, मंसिर ।

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । यद्यपि अपराह्न भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम बढिरहेको महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री मापन गरिएको छ ।
त्यस्तै सिमराको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने १० दशमलव १ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन गएिको छ ।

धनकुटाको न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । त्यस्तै पोखराको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस छ । केही दिनको अवस्था हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री तथा सबैभन्दा बढी विराटनगरमा १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button