पोखरामा ई-प्लानेट अस्ट्रेलियन युनिभर्सिटीज फेयर हुने

पोखरा न्यूज – ११, मंसिर । 

विगत १४ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आईरहेको एजुकेसन प्लानेट (ई-प्लानेट) कन्सलटेन्सी पोखरा शाखाले पोखरामा अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ।

चिप्लेढुङाको सेलवेज टावर स्थित आफ्नै कार्यालयमा यहि मंसिर १६ गते आईतवार हुन लागेको फेयरमामा अष्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीहरुको प्रत्यक्ष सहभागीता रहने ई-प्लानेट पोखराका  संस्थापक निर्देशक टि एन शर्माले वताए।

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जान चाहने  प्लस टु, व्याचलर तथा मास्टर्स सकेका विद्यार्थीहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको शर्माले जानकारी दिए। फेयरमामा अस्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु मार्फत आफू जान चाहेको कोर्स, लाग्ने शुल्क, लोकेशन, शिक्षा प्रणाली, भिजा प्रोसेसिङ लगायतका कुराहरु जानकारी पाउने शर्माको भनाई छ ।

“उच्चशिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षितगरि धेरै फेयर भईरहेका छन् तर  फेयर मार्फत अस्ट्रेलियन एजुकेसन संग सम्वन्धित आवश्यकता अनुसारको सहि सुचना विद्यार्थी तथा अभिभावकले नपाएको गुनासो हामीले पाएका छौं।” सिनियर काउन्सिलर भिजन सुवेदीले भने – “त्यसैले हामीले विद्यार्थीहरुको आर्थिक र शैक्षिक स्थितिलाई सम्बोधन गर्ने उद्देश्यले उनिहरुको सामर्थ्य अनुसार स्थान, कलेज, कोर्स लगायत अन्य कुराहरुको जानकारी दिन अस्ट्रेलियन युनिभर्सिटीज फेयर गर्न लागेका हौ ।”

फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्पट स्कलरशिप तथा गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। काठमाडौंको वागवजारमा मुख्य कार्यालय रहेको कन्सलटेन्सीले पोखरा, चितवन, वुटवल तथा अस्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ र एडिलेट गरि ४  ठांउवाट विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button