बिहिबार देखि पोखरामा यू–१९ महिला ह्याण्डबल प्रतियोगिता

पोखरा न्यूज – १२, मंसिर ।

प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिता बिहिबार देखि पोखरामा हुने भएको छ ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजनामा, नेपाल ह्याण्डबल संघको प्राबिधिक सहयोगमा यही मंसिर १५ गतेसम्म पोखरामा उक्त प्रतियोगिता हुने भएको संघका जिल्ला अध्यक्ष एवं प्रतियोगिताका संयोजक क्या. जगबहादुर गुरुङले बताए । पोखरामा रहेको हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा.लि.को मुख्य प्रायोजनमा लिग कम नकआउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संयोजक गुरुङले जनाए ।

विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । समुह ए तर्फ लिट्र्स प्ले ह्याण्डवल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेका छन् भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका छन् । भोलि उद्घाटन खेल लिट्र्स प्ले ह्याण्डवल बिरुद्ध लिटिल स्टेप बीच हुने भएको संघका सचिव टेक बहादुर गुरुङले बताए । उनका अनुसार बिहिबार लिग चरणका ४ वटा खेल हुने भएको छ ।

पोखरामा हालै करिब एक करोडको लागतमा निर्माण भएको ह्याण्डबल एकेडेमीको मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिताबाट उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेलमा समेत सहभागी गराउन सकिने भएको नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button