तनहुँमा ५० रोपनी क्षेत्रफलमा कृत्रिम ताल बनाइने

पोखरा न्यूज – १३, मंसिर ।

तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।

घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । उनले भने, “घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ, ताल बनाएर ती स्थानको प्रवद्र्धन गर्ने योजनामा जुटेका छौँ ।” कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको उनले बताए ।

गण्डकी प्रदेश सरकारले प्राविधिक पठाएर स्वीकृति दिएपछि ताल निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउँदै रानाले चालू आर्थिक वर्षमा ताल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । ५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button