पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन युवतीको मृत्यु

पोखरा न्यूज – १३, मंसिर ।

पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा एक अष्ट्रेलियन युवतीको मृत्यु भएको छ ।

बिहीबार लामाचौर स्थित सेती नदीको खोचमा कायाकिङ गर्ने क्रममा  २३  बर्षिया अष्ट्रेलियन युवती कासान्द्रा एसीस एमेरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कायाकिङ गर्ने क्रममा दुर्घटना भई  घाईते भएकी एमेरीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएकोमा डाक्टरले चेकजाँच गर्ने  क्रममा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए  ।

मृतक एमेरीको पासपोर्ट नम्बर १५२७५६२ रहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button