‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ नाराको पोखरा सडक महोत्सवको तयारी तिव्र

पोखरा न्यूज – १४, मंसिर । “सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ” भन्ने मूल नारा बोकेको पोखरा सडक महोत्सव आउदो पुष १३ देखि १७ गतेसम्म हुने भएको छ । २० औं संस्करणको उक्त महोत्सव सधैका बर्ष जस्तो आफ्नो नियमीत समयमा पोखराको लेकसाइडमा संचालन हुने भएको हो ।

हरेक बर्ष अंग्रेजी नयाँ बर्षको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोशियशन (रेवान ) पोखराको आयोजनामा संचालन हुने महोत्सवलाई समयानुकुल परिस्कृत र भरपुर मनोरञ्जन दिलाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सव तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जाकनारी गराइयो । पाँच दिनसम्म चल्ने  महोत्सव पोखराको सेरोफेरो, देश तथा विदेशका विविध संस्कृतिको परिचय दिलाउदै   अग्रेजी नयाँ बर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको  रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । पोखराको मुख्य पर्यटकीय स्थल सहिदचोक देखि खहरे – डिहिकोपाटन सम्मको ३.५ किलोमिटर क्षेत्रमा संचालन हुने सो महोत्सबको उधेश्य व्यवसायीक हक, हितको संरक्षण तथा संबर्द्धन गर्दै पोखरालाई विश्व बजारमा थप परिचित बनाउनु रहेको उनले बताए ।

पोखरा सडक महोत्सव पोखराको छुट्टै ब्राण्ड बनि सकेकोले महोत्सवको अवसरमा आफुहरुको रेष्टुरेण्टको वार सहितको कुर्सि टेवल सडक पेटिसम्म ल्याउने तयारी गरेको समेत अध्यक्ष भुजेलले जनाए । उनले भने “ पोखरा सडक महोत्सव, सडकमै खाऔं, सडकमै रमाऔं भन्ने हाम्रो नारालाई केहि बर्ष बिरोध गरेकोले कुर्सि टेवल बाहिर निकाल्न नसकेको अबस्थामा फेरी सरोकार पक्षसंग छलफल गरेर बाहिर निकाल्ने प्रयास हामीले गर्नेछोैं । ”

बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य राखिएको महोत्सबमा विभिन्न देशको खानाका परिकारहरु संगै नेपाली कला संस्कृतिको साथमा जापानिज, कोरियन, चाइनिज र भारतीय टोलीको सांस्कृतिक कार्यक्रम रहने रेवानका पुर्व अध्यक्ष एबम झाँकी व्यवस्थापन संयोजक चौबहादुर गुरुङले  बताए ।

कार्यक्रममा अंग्रेजी नयाँ बर्षमा धेरै व्यवसायीहरु विदेश जाने गरेको र नेपालमा आएका पर्यटक पनि स्वदेश फर्किने गरेको अवस्था सम्झिदै महोत्सवका सस्थापक व्यक्तित्व एबम सस्थाका सल्लाहकार गणेश बहादुर भट्टराईले सम्पूर्ण पोखरेली तथा नेपाली दाजुभाई दिदीबहिनीको सहयोगले सडक महोत्सवले निरन्तर बग्ने नदीको रुप धारण गर्दै  आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई पोखरामा तानेको बताए । पोखरा सडक महोत्सबलाई नेपाली मौलिकताका साथसाथै बिदेशका प्रख्यात महोत्सबका सकारात्मक कुराहरुको सिको गर्दै परिष्कृत गर्दै लग्नुपर्ने धाराणा उनले ब्यक्त गरे ।

महोत्सबमा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती, नृत्य प्रस्तुती, रेष्टुरेण्ट कर्मचारीहरु बिचको दौड एबं वेटर रेस, साहषिक र मनोरन्जनात्मक गतिविधिहरु संचालन हुने रेबान पोखराका महासचिव एबम् महोत्सवका  मिडिया तथा प्रचारप्रसार संयोजक गणेश थापाले  जानकारी दिए।  नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सबको मुख्य प्रायोजक गोर्खा व्रुअरी प्रा.लि तथा जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज प्रा.लि. र सह प्रायोजकमा वोटलर्स नेपाल (तराई) लि तथा डावर नेपाल प्रा.लि. रहेको थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button