पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा युवती घाइते

पोखरा न्यूज- १६, मंसिर ।

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते भएकी छिन् ।

आइतबार पोखराको राष्ट्रबैकचोकमा ग २ च ८७२५ नम्बरको कारले ग १४ प १७२२ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्याङजाको वालिङ नगरपलिका-४ जगतभञ्ज्याङ घर भई पोखरा -०६ शान्तिनगर बस्ने वर्ष २२ की अञ्जना थापा रहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । घाइते थापालाई उपचारका लागि अस्पताल पठाइएको  प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न कार, कार चालक र स्कुटरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उल्लेख गरेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button