गोरखाका बजार क्षेत्रमा सिसि क्यामेरा जडान

पोखरा न्यूज– १७, मंसिर ।

गोरखा नगरपालिकाका बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसि क्यामेराहरुलाई यही मंसिर १७ गते एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको हो ।

सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना र जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बजार क्षेत्र भित्र जडान भएका ३९ वटा सि.सि.क्यामेराहरुको उद्‌घाटन साथै सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । गोरखा स्थित विभिन्न वित्तिय संघ सस्था, टोल विकास संस्था र अन्य साझेदारी सस्थाहरुको सहयोगमा नगरपालिकाका वडा नं. ६, ७ र ८ को बजार क्षेत्रमा २४ लाख ६० हजारको लागतमा ३९ वटा सिसि क्यामेरा जडान गरिएको हो ।

जडान गरिएका सि.सि. क्यामेरा सामुदायिक सेवा केन्द्र गोरखाद्वारा गोरखा नगरपालिकालाई र गोरखा नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्त्रण गरिएको हो । कार्यक्रममा सि.सि. क्यामेरा जडानमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था एवं व्यक्तिहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त, ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिहं बोहोरा, स्थानिय जनप्रतिनिधिहरु, आम नागरिक लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button