१६ औं कर्णेल जेपी क्रस छात्र-छात्रा बास्केटबलको उपाधि टप्स माविलाई

पोखरा न्यूज– १७, मंसिर ।

कास्की जिल्ला बास्केबल संघ द्वारा आयोजित १६ औं कर्णेल जेपी क्रस अन्तर विद्यालय छात्र-छात्रा दुबैतर्फको बास्केटबल उपाधि टप्स माविले जितेको छ ।

टप्सले लगातार दोस्रो पटक उपाधि उचालेको हो । सोमबार सम्पन्न छात्र तर्फको फाइनल खेलमा टप्सले चिर परिचित प्रतिद्वन्दी माउन्ट अन्नपुर्ण माविलाई ८५–४१ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । यता छात्र तर्फको फाइनलमा टप्सले माउन्ट अन्नपुर्ण माविलाई ४५–१३ को स्कोरले पराजित गर्दै उपाधि उचालेको हो ।

उपाधि बिजेता टप्सले नगद १० हजार र उपविजेता माउन्ट अन्नपुर्णले नगद ६ हजार प्राप्त गरेको छ । १६ औं संस्करणमा छात्र तर्फ हिल पोइन्ट मावि तेश्रो भयो भने लिटिल स्टेप मावि  छात्रा तर्फ तेश्रो बन्न सफल रह्यो । तेश्रो स्थान हासिल गर्ने छात्र-छात्रा टिमले नगद ४ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा माउन्ट अन्नपुर्णका खबिन थापा मगरले २२ स्कोर गर्दै उच्च स्कोरर बन्न सफल रहे । छात्रा तर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी घोषित भइन् । बिजेता टिमलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिशी, शिक्षा प्रेमी एवम समाजसेवी कर्णेल जेपी क्रस, कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा लगायतले कप, मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै पोखरा महानगरका मेयर जिशीले पोखरालाई खेलकुद पर्यटनको हब बनाउन सेती नदीमा साहसिक  खेलका लागि काम शुरु गरिसकेको बताए । उनले पोखरामा दक्षिण एशियाली स्तरको खेलहरु आयोजना गर्न सक्ने गरि पुर्वाधार बिकासलाई अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे । समापन कार्यक्रम संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button