पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्षसहित ४ को राजीनामा

पोखरा न्यूज– १७, मंसिर ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ सहित ४ जनाले राजीनामा दिएका छन् ।

तत्कालीन समयमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेको अवस्थामा समितिको उपाध्यक्षमा रहे पनि हाल तीन तहकै सरकारमा अर्को पार्टीको वर्चश्व रहेकोले नैतिकताको हिसाबले हाल राजीनामा दिएको उपाध्यक्ष गुरुङले बताए । उपाध्यक्ष गुरुङ र तीन जना सदस्य राजेन्द्र पहारी, देवेन्द्र के.सी. र राजु गुरुङले राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव केशवकुमार विष्टलाई सम्बोधन गर्दै स्वीकृतका लागि राजिनामा पेश गरेका हुन्।

पश्चिमाञ्चल क्षेत्र प्रादेशिक संरचनामा गइसकेको हुँदा र नेपाली काँग्रेस पार्टी सरकारमा नरहेको परिवर्तित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै समितिले गर्ने कार्यसम्पादन, योजना निर्माण र कार्यान्वयनमा सहजता आओस् भन्ने हेतुले आफुहरुले पदबाट राजिनामा दिएको उपाध्यक्ष गुरुङले जनाए । उनले भने “पश्चिमाञ्चल क्षेत्रीय खेलकुल विकास समितिमा म नरहे पनि हाम्रो दक्षता र क्षमताले भ्याएसम्म खेलकुल क्षेत्रको विकास विस्तार र समृद्धिमा सदैव योगदान गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछौं।”

४ बर्षीय कार्यकालको लागि नियुक्ति भएका समितिका पदाधिकारीको करिब ४ महिना समय अवधि बाँकी रहेको छ । समितिको अध्यक्षमा हाल सन्पन्न श्रेष्ठ नियुक्ति भएका छन्। अध्यक्ष खगराज पौडेल अमेरिका प्रस्थान गरेसँगै उनले समितिका सदस्य सम्पन्न श्रेष्ठलाई कार्यबाहक अध्यक्ष पदको जिम्मेवारी दिएका थिए । केहि समय पछि राखेपका सदस्य सचिव केशव कुमार विष्टले श्रेष्ठलाई समितिको अध्यक्षमा नियुक्ति गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button