पत्रकारितामा क्रान्ति आवश्यक छ : अग्रज पत्रकार पराजुली

पोखरा न्यूज– १७, मंसिर ।

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीले नेपाली पत्रकारितामा नैतिकता भ्रष्ट भएको आरोप लगाएका छन् । सोमबार पोखरामा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले नैतिकता भ्रष्ट भएका, सत्ता पछि लाग्ने पत्रकारिता भएकोले स्वतन्त्र पत्रकारिताको लागि अब क्रान्ति नै गर्नु पर्ने आवश्यक भएको बताएका छन् ।

उनले भने “देशमा हाल स्वतन्त्र पत्रकारिता अर्ध मरणको अबस्थामा रहेको छ, यसलाइ जगाउन अब सवै जाग्नु पर्छ ।” देशमा स्वतन्त्र पत्रकारिता फष्टाउन नसक्दा समाजका धेरै ठाँउमा बेथिती मौलाएको उनले दाबी गरे । ८४ बर्ष पुगेका अग्रज पत्रकार पराजुलीलाई उनको निवास पोखरा नदीपुरमा पुगेर स्वतन्त्र पत्रकार संघ नेपालले सोमबार सम्मान गरेको हो ।

संघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष उदय बहादुर अमात्य, सल्लाहकार भुपनिधि पन्त, विश्व शाक्य, प्रदेश उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बराल, संघ कास्कीका अध्यक्ष कृष्ण थापा, अग्रज पत्रकार केशवराज भण्डारी, संचार उद्यमी दुर्गादेवि बास्तोला लगायतले अग्रज पत्रकार पराजुलीलाई दोसल्ला, खादा, फुलमाला तथा उपहार प्रदान गर्दै सु–स्वास्थ्य तथा दीर्घायुको कामना सहित सम्मान गरेका हुन् ।

अग्रज पत्रकार पराजुलीले १६ बर्षको उमेर देखि पत्रकारिता पेशा अँगालेका थिए । उनले सगरमाथा संवाद समिति, हिमदुत, जनमत दैनिक लगायतका विभिन्न संचार माध्यममा पत्रकारिता गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button