तनहुँमा अस्थायी प्रहरी पोष्ट स्थापना

पोखरा न्यूज– १८, मंसिर ।

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र व्यास नगरपालिकाको सहकार्यमा प्रहरी पोष्ट स्थापना गरिएको हो ।

विगतको घटनाको विश्लेषण, व्यास नगरपालिकाको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम कलेस्ती बजारमा प्रहरी पोष्टको स्थापना गरिएको हो । अस्थायी प्रहरी पोष्टका लागि चार कोठा भाडामा लिइएको छ । प्रहरी पोष्टमा हवल्दारको नेतृत्वमा पाँच प्रहरी खटाइएको छ ।

प्रहरी पोष्टको मासिक भाडा रु ११ हजार व्यास नगरपालिकाले व्यहोर्ने सहमति छ । प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्थासमेत नगरपालिकाले गरेको छ । प्रहरी पोष्टको सोमबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे। प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले स्थानीय सरकारसँगको सहकार्यमा जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी तयार रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button