म्याग्दीमा विपन्नको उपचारका लागि अक्षयकोष

पोखरा न्यूज– १८, मंसिर ।

विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो ।

समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार सो रकम हस्तान्तरण गरे । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ का ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित अक्षयकोषमा स्वदेश तथा विदेशबाट हालसम्म रु ६२ लाख सङ्कलन भएको सचिव लोकेश पुनले जानकारी दिए ।

कोषमार्फत २०७५ असोजसम्म १०१ जनालाई उपचारका लागि रु एक करोड ८२ लाख २४ हजार सहयोग गरिएको सचिव पुनले बताए । संस्थालाई व्यक्तिगत रूपमा रु दुई लाख र संस्थागत रुपमा रु तीन लाखभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गरिने व्यवस्था छ । रु पाँच हजार पाँच सय सहयोग गरेर कोषको आजीवन सदस्य बन्न सकिन्छ । कोषले मुट, मिर्गाैला, अर्बुद, आँखालगायत रोगबाट थलिएर अर्थाभावका कारण उपचार गराउन नसकेका जिल्लाका बिरामीलाई सहयोग गरिने अध्यक्ष शाक्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button