पोखराको शौन्दर्यतामा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

डिएनबी, पोखरा न्यूज – १८, मंसिर ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखराको शौन्दर्यतामा बिशेष ध्यान दिन आग्रह गरेका छन्। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार पोखरा महानगरपालिकामा आयोजना गरेको उद्योग प्रतिष्ठानको वातावरण अनुक्रम सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पोखराको शौन्दर्यता विग्रिन लागेकोमा चिन्त्ता व्यक्त गर्दै  वातावरण सन्तुलन कायम गर्दै पोखराको शौन्दर्यतालाई जोगाउन महानगरपालिकालाई आग्रह गरेका हुन।

पोखराको सौन्दर्यताको लागि बिजुलीको तारलाई अण्डरग्राउड गर्ने, पोखरामा बसपार्कबाट बस छुट्ने व्यास्था गर्ने, निश्चित ठाँउमा मात्र बस पकेट क्षेत्र निर्धारण गर्ने, शहर भन्दा बाहिरी क्षेत्रबाट राजमार्गको वाईपास रोड निमार्ण गर्ने, टोल टोलमा सार्वजनिक शौचालयको राम्रो व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । विना निती र बेथितिले गर्दा केहि भौतिक संरचना भए पनि रकमको दुरुपयोग भएको उनको आरोप थियो ।

मुख्यमन्त्री गुरुङले पोखराको बाटो बन्दा सरोकारवाला निकायले ध्यान दिन नसक्दा बाटो अनुसार घर नभई घर अनुसार बाटो निमार्ण भएको दाबी गरेका हुन। उनले भने “बाटो बनाउँदा सडक विभाग र केन्द्र सरकारले ध्यान दिनुपर्छ, धेरै सडकहरु भद्रगोल अबस्थामा रहेका छन, हाम्रो टेक्नोलोजी निकै कमजोर रहेको छ विदेशीको तुलनामा तर अब हामीले यहाँको वातावरणलाई सुधार गर्नु पर्छ । ” अब बन्ने भवन तथा सडक आधुनिक मापदण्डका आधारमा बनाउनु पर्नेमा उनले जोड दिए । केन्द्रमा २/४ जना नेता बसेर तयार पारेको कानुन कार्यान्यवनमा नआउँदा झनै ठूलो समस्या आउने गरेको मुख्यमन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) प्रदेश मातहतमा ल्याउने तयारी भएको बताए । उनले भने “ एक्याप समुदायकै लागि स्थापना भए पनि उनीहरुको हित विपरीत काम गरिरहको जनगुनासो आउन थालेको छ त्यस कारण अब प्रदेश सरकारले माघ पछि नयाँ कार्यसमिति चुनेर प्रदेश मातहतमा ल्याउने तयारी गरिरहेका छौं ।” एक्यापको माघमा म्याद सकिँदै छ । एक्याप समुदायकै लागि स्थापना भए पनि उनीहरुको हित विपरीत काम गरिरहको भन्दै मन्त्री लम्सालले त्यसको विरोधमा उत्रिन समेत आग्रह गरे । उनले स्थानीय तहले आफूले काम नगर्ने तर प्रदेशलाई दोष दिने परिपाटी बसेको आरोप लगाए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले महानगरबाट योजनाबद्ध तरिकाले वातावरण संरक्षणका अभियान सञ्चालन हुने बताए । उनले वातावरण सम्बन्धी गुरुयोजना तयार गर्न प्रदेश सरकारलाई आग्रह गरे । वृक्षरोपण गर्ने नाममा जुन पायो त्यही विरुवा रोप्न नहुने जनाए ।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले तल्लो तटीय क्षेत्रका कारण माथिल्लो क्षेत्रमा असर पु¥याइरहेको बताए । जलवायूको सबैभन्दा छिटो असर हिमाली भेगमा तथा पहाडी क्षेत्रमा जनाए । प्लास्टिकजन्य पदार्थ रोक्न जति अभियान संचालन भए पनि उत्पादन नरोक्दासम्म समस्या नहट्ने उनले दाबी गरे । उनले विद्यालय स्तरबाट पनि प्लास्टिकजन्य उत्पादन प्रयोग रोक्नु पर्नेमा जोड दिए ।

वातावरण संरक्षण गर्न सम्झौता

वातावरण विभागले मंगलबार नै पोखरा महानगरसँग वातावरण संरक्षण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहमति गरेको छ । विभागका महानिर्देशक झलकराम अधिकारी र महानगरतर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कार्यक्रम सञ्चालन गर्न विभागले ६० प्रतिशत र महानगरले ४० प्रतिशत खर्च गर्नेछन् ।

हरित शहर निर्माणमा सहकार्य तथा सहयोगका लागि उक्त सम्झौता भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । कार्यक्रम आर्थिक वर्ष २०७५/७६ मै सक्नुपर्नेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको उपस्थितीमा उक्त सम्झौता भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button