पोखरा न्यूज – १९, मंसिर ।
स्याङजामा लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा गल्याङ नगरपालिका-६ चिर्तुङ बस्ने १७ वर्षीय तिल बहादुर थापा रहेको प्रहरीले जनाएको छ । थापा स्कुलबाट घर फर्कने क्रममा चिर्तुङ जंगलमा लडी घाईते भएका थिए । घाइते थापाको उपचारको लागि गल्याङतर्फ ल्याउदै गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की जानकारी दिएका छन् ।
खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरी टोली घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।